नियम १३
अभिलेख संरक्षकको काम र कर्तव्य
अभिलेख संरक्षकको काम र कर्तव्य देहायबमोजिम हुनेछन्‌ -

(क) अभिलेख शाखामा प्राप्त छिनुवा मिसिल र विशेष प्रकारका निवेदनमा पञ्जिकाबमोजिमको कागजपत्र भए नभएको जाँची जिम्मा लिई साल सालको देवानी फौजदारी “मुद्दा र निवेदन छुट्याई अभिलेखमा दर्ता गरी सुरक्षित राख्ने,

(ख) शाखामा प्राप्त छिनुवा मिसिलमा अवस्थाअनुसार पक्षलाई फैसला भएको सूचना वा पुनरावेदनको म्याद जारी गरे नगरेको, फैसला कार्यान्वयन सम्बन्धी लगत लगत किताबमा कसे नकसेको र फैसला अपलोड भए नभएको जाँच गरेर मात्र मिसिल बुझ्ने ।

(ग) जिल्ला अदालतमार्फत पुनरावेदन दर्ता गरेको अवस्थामा वा अन्य अदालतमा पुनरावेदन परी मिसिल माग भएको अवस्थामा जारी भएको पुनरावेदन म्याद मिसिल संलग्न गरी अभिलेख किताबमा जनाइ शुरु तथा प्रमाण मिसिल पठाउने,

(घ) कानूनबमोजिम धुल्याउने कागज, मिसिल छुट्याई स्रेस्तेदारलाई जँचाइ निजको रोहबरमा कागज र मिसिल धुल्याउने र धुल्याइएका मिसिलको अभिलेख राखे,

(ङ) अन्य अदालतबाट माग भएको मिसिल अभिलेख किताबमा जनाई सात दिनभित्र पठाउने,

(च) दायरी मिसिलबाहेकका अन्य अदालतमा पठाउनु पर्ने र अन्य अदालतबाट आएका छिनुवा मिसिल अभिलेख किताबमा जनाई अभिलेख शाखाबाट मात्र बुझ्ने बुझाउने कार्य गर्ने ।

(६) मिसिल कागजको नक्कलको लागि दरखास्त परेमा रीत पुच्याई नक्कल दिने ।